News दोस्रो कार्तिकेय कुमार गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

कर्जन्हा । कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो कार्तिकेय कुमार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बन्दीपुर प्राङ्गणको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ९ गतेका दिन बिरगंज युनाइटेड, पर्सा र बसाहा क्लब, उदयपुर भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने मंसिर १६ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रतियोगिताको विश्रामको दिन मंसिर १५ गते सर्लाही–११ र गाईघाट फुटबल क्लब, उदयपुरबीच मैत्रीपूर्ण महिला फुटबल खेल पनि हुने आयोजकले जानकारी दियो ।

 

Post Comments