News पूर्व राष्ट्रिय युथ तथा ए डिभिजन खेलाडी मनिष पनि विदेशिए
गोलनेपाल

काठमाडौं । उमेर समूहमा नेपालको यु–१९ टोलीबाट राष्ट्रिय जर्सीमा आफूलाई मैदानमा उतारिसकेका क्षमतावान खेलाडी मनिष थापा पनि आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपालको शिर्ष डिभिजनमा एफसी खुमलटार, न्युरोडटिम (एनआरटी) र हिमालयन शेर्पा क्लबका लागि समेत खेलिसकेका मनिषले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण एफसी चितवनमा खेलेका थिए ।

बहुप्रतिक्षित नेपाल सुपर लिगको दोस्रो संस्करण शुक्रबारदेखि शुरु हुने तरखरमा रहँदा मनिष जस्ता उदाउँदा खेलाडहिरु विदेश पलायनको बाटो रोज्नुलाई पक्कै पनि सुखद रुपमा लिन सकिंदैन ।

त्यसो त फुटबललाई बिट मारेर अहिले विदेश पलायन हुने खेलाडीहरुको सूची लामो भईसकेको छ । मनिष त्यही खेलाडीहरुको सूचीमा थपिएका मात्र हुन् । र यो सूची अझै लम्बिने निश्चित पनि छ ।

 

Post Comments