News हेटौडा फुटबल एकेडेमी र नव जनजागृतिको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा हेटौडा फुटबल एकेडेमी र नव जनजागृति युवा क्लबले जित हात पारेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा भएको दिनको पहिलो खेलमा हेटौडा एफएले गगन युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा हेटौडा एफएका अस्मिर गोङ्बा म्यान अफ द म्याच चुनिए । यो जितसँगै हेटौडा फुटबल एकेडेमी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा नव जनजागृतिले बिरगंज स्पोर्टस एकेडेमीलाई ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा नव जनजागृतिका सेरब लो तामाङ म्यान अफ द म्याच घोषित भए ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

Post Comments