News प्रथम दमौली महिला क्षेत्रीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक
गोलनेपाल

जनजागृति समाज कल्याण युवा क्लब, दमौली, बर्दियाको आयोजनामा यहि जेठ १० गतेदेखि शुरु हुन गईरहेको प्रथम दमौली महिला कप क्षेत्रीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

यहि जेठ १५ गतेसम्म चल्ने प्रतियोगिताको उदघाटन खेलमा बर्दिया र दाङ भिड्ने भएका छन् । कुल ७ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५१,००१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ३०,००१ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले १०–१० हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले जनही ३–३ हजार हात पार्ने आयोजक क्लबका अध्यक्ष नवराज गुरुङ्गले जानकारी दिए ।

Post Comments