News इलाम एफसीलाई ५० हजार जरिवाना
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको नवप्रवेशी टोली स्र्पोटिङ इलाम फुटबल क्लबलाई आयोजक एनएसएलले नियम उल्लंघन गरेको भन्दै जरिवानासहित कारवाही गरेको छ ।

आयोजकका अनुसार इलामले खेलेको शुरुवाती दुई खेलहरुमा ६ विदेशी खेलाडीहरुलाई मैदानमा उतारेपछि क्लब कारवाहीमा परेको हो । कारवाही अनुरुप आयोजकले इलामलाई ५० हजार जरिवाना गरेको छ । यसपटक लिगको नियमअनुसार एउटा क्लबले बढी पाँच विदेशी खेलाडीहरुलाई मैदानमा उतार्न पाउने प्रावधान छ ।

धनगढी र झापालाई पनि जरिवाना

त्यस्तै लिगको उद्घाटन कार्यक्रममा उपस्थिति नजनाएको भन्दै आयोजकले धनगढी फुटबल क्लब र झापा फुटबल क्लबलाई पनि १०–१० हजार जरिवाना गरेको छ । कारवाहीबारे इलाम र धनगढीले अहिलेसम्म प्रतिक्रिया नदिए तापनि झापाले भने असन्तुष्टी पोखेको छ ।

झापाका अनुसार आयोजक कै फितलो व्यवस्थापनका कारण आफूहरु उद्घाटन कार्यक्रममा उपस्थिति जनाउनबाट असमर्थ भएको बताएको छ । स्मरण रहोस, कारवाहीमा परेका दुई टोली इलाम र झापाले यसै सिजनबाट पहिलोपटक सुपर लिगमा सहभागिता जनाईरहेका छन् । धनगढी भने गत संस्करणको उपविजेता टोली समेत हो ।

Post Comments