News वार्ड नम्बर ४ लाई प्रथम चन्द्रागिरी अन्तर वार्ड कपको उपाधि
गोलनेपाल

काठमाडौं । प्रथम चन्द्रागिरी अन्तर वार्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ४ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ९ लाई हराउँदै वार्ड नम्बर ४ च्याम्पियन बनेको हो ।

नैकाप खेलमैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ९ लाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा वार्ड नम्बर ४ का सयश श्रेष्ठले एक मात्र निर्णायक गोल गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाए ।

निर्णायक गोलकर्ता वार्ड नम्बर ४ का सयश श्रेष्ठ नै खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको वार्ड नम्बर ४ ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता वार्ड नम्बर ९ ले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ सन्जिव महर्जन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए, । रिकेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा सयश श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । वार्ड नम्बर १५ फेयर प्ले टिम बन्यो । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।

चन्द्रागिरी अन्तर वार्ड कप फुटबल प्रतियोगिता समिति, चन्द्रागिरी–१४, नयाँ नैकापको आयोजनामा भएको प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाका कुल १४ वार्डका टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments