News चितवन भर्सेज बुटवलः दुवैलाई शिर्ष चारमा उक्लिने अवसर
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तपःृ बिहीबार राम्रो लयमा देखिएको एफसी चितवनले बुटवल लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगमा समान १–१ जित हात पारेका चितवन र बुटवलको उद्देश्य आज शिर्ष चारभित्र उक्लिनु हुनेछ ।

३ खेलबाट १ जित, एक बराबरी र एक हारसँगै ४ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा रहेको चितवनलाई समान ३ खेलबाट १ जित र दुई हारका साथ ३ अंकसहित लिगतालिकाको सातौं स्थानमा रहेको बुटवलले चुनौति पेश गर्नेछ ।

आजको खेलमा निश्चित जित हात पार्ने टोलीलाई लिगतालिकाको शिर्ष चार भित्र पर्ने अवसर पनि छ । त्यसैले पनि आज दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने चितवन र बुटवलबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Post Comments