News रानीपौवामा भेट्रान्स फुटसल हुँदै
उमेश पुन

पोखरा । कालिज एफसीको आयोजनामा यही पुष ६ र ७ गतेका दिन ३५ वर्ष उमेर माथिको प्रथम भेट्रान्स फाइभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८८,८८८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४४,४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका बिकास गुरुङले जानकारी दिए ।

Post Comments