News धरान खडक उपमेयर महिला गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

खडक । धरान महिला फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा धरानले बागमती युवा क्लब, सर्लाहीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा धरानले ४–३ को जित निकाल्यो ।

खेलमा धरानकी गोलरक्षक सुशिला चौधरी प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तरगत पुस ४ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल गाईघाट फुटबल क्लब, उदयपुर र म्याङलुङ स्पोर्टस क्लब, तेह्रथुमबीच हुने आयोजकले जानकारी दियो ।

नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।

 
Post Comments