News बेसीशहर, सामना युथ र ठाडाराई अधिकारी समाजको जित
गोलनेपाल

बेसीशहर । बेसीशहर नगरपालिका, सामना युथ क्लब र ठाडाराई अधिकारी समाजले यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

त्रिवेणी खेलमैदानमा भएको दिनको पहिलो खेलमा बेसीशहरले दोर्दी गाउँपालिकालाई शून्यका विरुद्ध २ गोलले हरायो । बेसीशहरको जितमा धिरज तामाङ र सुदिप गिरीले गोल गरे ।

दोस्रो खेलमा सामना युथले भुईखेल एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । सामना युथका लागि रोशन क्षेत्रीले एक मात्र निर्णायक गोल गरे ।

दिनको तेस्रो खेलमा ठाडाराई अधिकारी समाजले भरतपुर २४ लाई ३–१ को अन्तरले हरायो । ठाडाराई अधिकारी समाजका लागि रजत तिवारी, अनिल चौधरी र सुनिल गोलेले गोल गरे । पराजित भरतपुरका लागि मनिष गिरीले एक मात्र गोल फर्काएका थिए ।

शुक्रबार जित हात पारेका तीन टोलीहरु प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत पुस १४ गते शनिबार पनि तीन खेलहरु हुनेछन् ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments