News छैटौं करापुटार कप चैत पहिलो सातादेखि
गोलनेपाल

मध्यनेपाल । करापुटार युवा क्लब, मध्यनेपाल–७, करापुरटार, रामबजार, लमजुङको आयोजनामा यही चैत्र ७ देखि १० गतेसम्म छैटौ करापुटार कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

रामबजार स्थित करापुटार खेलमैदानमा हुने प्रतियोगिताको यही चैत ६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ७०००+१००० तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफी हात पार्नेछ भने अन्य अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही ३–३ हजार र ट्रफी प्राप्त गर्नेछन् ।

साँस्कृतिक कार्यक्रम र अन्य खेलहरु पनि हुने

त्यसैगरी आयोजकका अनुसार सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम र रमाइला खेलहरुको पनि आयोजना गरिनेछ । जस अन्तर्गत छेलो खेल र रस्सी तान्ने खेलको पनि आयोजना गरिनेछ ।

छेलोतर्फको प्रथम हुनेले ७ हजार र दोस्रो हुनेले ५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै रस्सी तान्ने खेलमा पुरुषतर्फको प्रथम हुनेले ३५०० हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले २५०० प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ प्रथम हुनेले २००० र दोस्रो हुनेले १००० पाउने छन् ।

प्रतियोगिताको मुख्य व्यवस्थापक मध्यनेपाल नगरपालिका रहेको छ भने व्यवस्थापकमा मध्यनेपाल नगरपालिका वार्ड नम्बर ७ को कार्यालय रहेको छ । त्यस्तै प्रायोजकमा भने गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ ।

Post Comments