News डायमण्ड नारिताद्वारा महिला खेलाडीहरुलाई फुटबल बुट हस्तान्तरण
गोलनेपाल

काठमाडौं । जापानमा रहेर क्रियाशील नेपाली क्लब डायमण्ड नारिता फुटबल क्लबले नेपालका राष्ट्रिय महिला फुटबल खेलाडीहरुलाई फुटबल बुट हस्तान्तरण गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा आयोजित एक कार्यक्रमका बीच महिला फुटबल खेलाडीहरुलाई बुट हस्तान्तरण गरिएको हो ।

महिला खेलाडीहरुलाई डायमण्ड नारिताका कार्यक्रम संयोजक सुरेश लिम्बु, एन्फा अध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्ष दावा लामा, एन्फा महासचिव किरन राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु लगायतले बुटवल हस्तान्तरण गरेका थिए ।

Post Comments