News 'नयाँ लोगो, नयाँ परिचय'का साथ संकटा
गोलनेपाल

काठमाडौं । नेपालको पुरानो र सफलतम क्लब मध्ये एक संकटा क्लबले आफ्नो नयाँ लोगोसँगै क्लबको आधिकारिक नाममा पनि परिवर्तन गरेको छ । क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्पत नयाँ लोगो र नाम घोषणासँगै सार्वजनिक गरेको हो ।

यसअघि ‘संकटा क्लब’ को नामले परिचित अब संकटा फुटबल क्लबको नामले चिनिनेछ । एएफसी क्लब लाइसेन्सिङ पाएसँगै संकटाले पनि आफ्नो नाममा परिवर्तन गरेको हो । वि.सं. २००८ मा स्थापित संकटाले मोफसलसँगै राष्ट्रियस्तरमा पनि थुप्रै उपाधि र सफलता हासिल गरिसकेको छ ।

<iframe src="https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2FSankataClubFansPage%2Fvideos%2F6987687741280643%2F&show_text=false&width=560&t=0" width="560" height="314" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true"></iframe>

Post Comments