News लहान गोल्डकपमा आयोजकको विजयी सुरुवात
रमेश समदर्शी

लहान । हिम कस्तुरी युवा क्लब लहानले आयोजना गरेको दोस्रो लहान मेयर गोल्डकपमा आयोजकले विजयी सुरुवात गरेको छ । पशुपति आदर्श माविको खेलमैदानमा आज भएको उद्घाटन खेलमा पाहुना टोली विराटनगरका विराट मेघा स्पोर्टस् एकाडेमीलाई १-० गोलले पराजित गर्दै आयोजक लहान सेमिफाइनलमा प्रवेश गरेको हो ।

लहानको जितका लागि निरज कार्कीले निर्णायक गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा निरजको गोलबाट आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । उनी खेलको म्यान अफ दी म्याच बने ।

भोलि (मंगलबार) धनकुटाले हेटौडासँग प्रतिस्पर्धा गर्नेछ । लहान नगरपालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजारसहित ट्रफी पाउने छ ।

Post Comments