News लहान गोल्डकपः धनकुटाको सहज जित
रमेश समदर्शी

लहान । यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपमा धनकुटा एफसीले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकाडेमीमाथि सहज जित निकाल्दै धनकुटा दोस्रो चरणमा प्रवेश गरेको हो ।

पशुपति आदर्श माविको खेलमैदानमा भएको खेलमा धनकुटाले २-० गोलअन्तरमा हेटौंडालाई पराजित गरेको हो । धनकुटाका लागि नितेश लिम्बूले खेल सुरु भएको ४ मिनेटमै आकर्षक गोल गरेका थिए ।

हेटौंडाका गोलरक्षक असरफ शेखको गल्तीको फाइदा लिँदै नितेशले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० गोलमै रहे पनि दोस्रो हाफको ३२औँ मिनेटमा धनकुटाका सौर्य राउतले गोल गरेर अग्रता दोब्बर बनाएका हुन् ।

खेलको म्यान अफ दी म्याच धनकुटाका नितेश लिम्बू बने । भोलि (बुधबार) झापा दमकको चात्या सा पुस्तकालय र विरगञ्ज युनाइटेड पर्साले प्रतिस्पर्धा गर्नेछ ।

उनलाई आयोजकको तर्फबाट नगद ३ हजार प्रदान गरियो । हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाको प्रायोजन रहेको गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments