News माछापुच्छ्रे क्वाटरफाइनलमा
सुरज राना मगर

करौजिया । माछापुच्छ्र्रे फुटबल क्लब, पक्लिहवा यहाँ जारी स्व. खगी गुरुङसेनी छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ माछापुच्छ्रेले राधाकृष्ण फुटबल क्लब, दल्कालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा माछापुच्छ्रेका लागि कप्तान प्रिन्स गुरुङले दुई गोल गरे भने नितान्त गुरुङले थप एक गोल गरे । खेलमा माछापुच्छ्रेका दुई गोलकर्ता प्रिन्स गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन १८ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल शुद्धोधन गाउँपालिका, शुद्धोधन र तिलोत्तमा–११, तिलोत्तमा बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments