News प्रथम वडा अध्यक्ष कपः वडा नम्बर १ को जित
गोलनेपाल

गोलबजार । यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १ ले जित हात पारेको छ । जित हात पार्ने क्रममा वडा नम्बर १ ले वडा नम्बर ३ लाई शून्यका विरुद्ध २ गोलले हरायो ।

गोलबजार नगरपालिका–२, गुरुधाम स्थित एकिकृत खेलग्राममा भएको खेलमा वडा नम्बर १ का लागि मृगेन्द्र यादव र किशोर बलम्पाकीले गोल गरे । वडा नम्बर १ का मृगेन्द्र यादव म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै वार्ड नम्बर १ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

 

Post Comments