News चौथो सुस्ता अध्यक्ष कप शुरु, साझाको शानदार शुरुवात
सुरज राना मगर

नर्सही । सुस्ता गाउँपालिका, नवलपरासी (ब.सु.प.) को आयोजनामा शुरु चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगितामा साझा युवा क्लब, रामग्रामले फराकिलो जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सही स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा साझाले बनदेवी विकास युवा क्लब, सुस्ता–१ लाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो ।

खेलमा साझा युवा क्लबका सन्तोष राय म्यान अफ द म्याच घोषित भए । उनले सुसुकी कन्सल्टेन्सीद्वारा प्रायोजित नगद १००० र मेडल हात पारे । यो जितसँगै साझा युवा क्लब क्वाटरफाइनलमा प्रवेश गगरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पूर्व संविधानसभा सदस्य बिक्रम खनाल, सुस्ता गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निल बहादुर गुरुङ लगायतले संयुक्त रुपमा गरेका थिए ।

सुस्ता गाउँपालिका वडा नम्बर ४ को कार्यालय, नर्सही, नवलपरासी (ब.सु.प.) को व्यवस्थापन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने खेल संयोजक समराज गुरुङले जानकारी दिए ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ३० गतेका दिन हुने पनि संयोजक गुरुङले बताए ।

Post Comments