News प्रथम वडा अध्यक्ष कपः वडा नम्बर ४ क्वाटरफाइनलमा
गोलनेपाल

गोलबजार । सहज जितका साथ वडा नम्बर ४ यहाँ जारी प्रथम वडा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ वडा नम्बर ४ ले वडा नम्बर ११ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

गोलबजार नगरपालिका–२, गुरुधाम स्थित एकिकृत खेलग्राममा भएको खेलमा वडा नम्बर ४ का लागि कप्तान श्रवण मण्डल, निर्जल लामा र सुजन राईले गोल गरे । खेलमा वडा नम्बर ४ का सुजन राई म्यान अफ द म्याच समेत चुनिए ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

 

Post Comments