News फराकिलो जितका साथ वडा नम्बर ६ सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । एकतर्फी जितका साथ वडा नम्बर ६ यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोलबजार–२, गुरुधाम स्थित एकिकृत खेलग्राममा भएको क्वाटरफाइनल खेलतर्फ वडा नम्बर ६ ले वडा नम्बर ८ लाई शून्यका विरुद्ध ९ गोलको फराकिलो अन्तरले हरायो । खेलमा वडा नम्बर ६ का शुवोन यादव म्यान अफ द म्याच चुनिए ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments