आठराई त्रिवेणी । संघर्षपुर्ण जितका साथ आठराई गाउँपालिका यहाँ जारी प्रथम माछापोखरी हिटी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा आठराईले लालिमा क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि आठराई त्रिवेणी–५ स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ आठराईका लागि मनिष क्षेत्रीले गोल गरे भने लालिमाका लागि सुशी लिम्बुले गरेका थिए ।
त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा आठराईले लालिमामाथि ६–५ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । खेलमा आठराईका गोलरक्षक मिरक लिम्बु म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत ७ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक चागे माछापोखरी हिटि क्लब र मरिक फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
चाँगे माछापोखरी हिटी क्लब, आठराई त्रिवेणी–५, चाँगे, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख २० हजार हात पार्नेछ । फाइनल खेल चैत ११ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई