News अन्तर्राष्ट्रिय लाईभ प्रसारणमा पनि गोलनेपाल
गोलनेपाल

काठमाडौं । बिगत एक दशक बढी समयदेखि नेपाली फुटबलप्रति समर्पित वेबसाइट तथा सोसल प्लेटफर्म गोलनेपालले अब नेपाली समुदायद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा पनि प्रत्यक्ष प्रसारण गर्न शुरु गरेको छ ।

बिबा मिडिया ग्रुप कै मातहतमा रहेको गोलनेपालले हालै मलेसियामा सम्पन्न दुई फुटबल प्रतियोगिताहरु सफलताका साथ प्रत्यक्ष प्रसारण गरेको छ । बिबा मिडिया ग्रुपका सिइओ समेत रहेका वरिष्ठ खेलपत्रकार बिक्रम थापाले मलेसियामा भर्खरै सम्पन्न दोस्रो गोर्खाली गोल्डकप र एन पेनाङ गोल्डकप सफलताका साथ प्रत्यक्ष प्रसारण गरेको बताए।

सिइओ थापाले यो अहिले शुरुवात मात्र भएको र आफूहरुले अझै धेरै गर्न बाँकी रहेको बताए । साथै नेपाली र नेपाली फुटबलको लागि आफूहरु सधै कटिबद्ध भई लागिपरेको समेत चर्चा गरे ।

सिइओ थापाले विभिन्न क्लब, संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुसँगको सहकार्य र सहयोगले नै गोलनेपालले यहाँसम्मको यात्रा तय गर्न सम्भव भएको स्मरण समेत गरे । उनले गोलनेपालबाट सेवा लिन चाहनेहरुले जुनसुकै बेला सम्पर्क गर्न सक्ने पनि बताए । सबै नेपाली फुटबलप्रेमीहरुको मायाले आफूहरु निरन्तर अगाडी बढीरहने सिइओ थापाले प्रतिबद्धता पनि जाहेर गरे ।

Post Comments