
काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब सहज जितका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको दोस्रो खेलमा पुलिसले सातदोबाटो युथ क्लबमाथि ६–१ को एकतर्फी जित निकाल्यो । पुलिसको जितमा सुबास बम र बिक्रम गौतमले २–२ गोल गरे । त्यस्तै साजनराज गौतम र गणेश पुलामीले थप एक–एक गोल गरे । पराजित सातदोबाटोका लागि भने निशप्रकाश बरालले एक मात्र सान्त्वना गोल फर्काए ।
यो नतिजापछि ५ खेलबाट १३ अंक जोडेको पुलिस शिर्ष स्थानमा उक्लेको छ । पराजित सातदोबाटोको खातामा भने ७ अंक छ र लिगतालिकाको मध्यतिर संघर्षरत छ । मंगलबारको खेलसँगै प्रतियोगिताको पाँचौं चरणको खेलहरु पनि सम्पन्न भएका छन् ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने