News
झापाको जितमा मेनुकाको निर्णायक गोल
प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता अन्र्तगत सोमबारको खेलमा झापा गाउँपालिका विजयी भएको छ ।
ज्यामिरगढी माविको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत तेस्रो दिनको खेलमा झापाले बाह्रदशी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । विजयी टिमका तर्फबाट खेलको पहिलो हाफको अन्तिम समयमा जर्सी नम्बर ७ की खेलाडी मेनुका न्यौपानेले एक मात्र गोल गरीन् ।
सो खेलको वुमन अफ दी म्याच घोषित विजयी टिमकी गोलकर्ता मेनुका न्यौपानेलाई आयोजक सनसाइन महिला फुटबल क्लवले प्रोत्साहन स्वरुप नगद राशी १ हजार रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरेको थियो ।
प्रतियोगिता अन्तरगत मङ्गलबारको खेल जुनतारा एफसी र सतासीधाम एफसीबीच हुने आयोजक क्लवकी अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा