News
आयोजक चुलाचुली उपाधि नजिक
दमक । आयोजक चुलाचुली फुटबल क्लब दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चुलाचुलीले फुलबारी स्र्पोटिङ क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
दमक स्थित चुलाचुली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा आयोजकका लागि १७औं मिनटमा उमेश राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने फुलबारीका आशिष लावती घोषित भए ।
चुलाचुलीले अब उपाधिका लागि पुष १२ गते फाइनलमा नर्थ राधानगर एफसी मोरङसँग खेल्नेछ । चुलाचुली फुटबल क्लब, दमकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।


Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा