
गोरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गण्डकी प्रदेशमा पनि विधान संशोधनबारे आवश्यक भेला र छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा स्थित होटल वृन्दावनमा भएको सो भेलामा गण्डकी प्रदेश अन्तरगतका आठ जिल्ला फुटबल संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एन्फाका प्रवक्ता किरन राईको अध्यक्षतामा सम्पन्न भएको सो भेलामा उपस्थिति प्रतिनिधीहरुले विधान संशोधनबारे आ–आफ्नो धारणा राख्नुका साथै संशोधन पारित समेत गरेका थिए ।
सो अवसरमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा, शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, कार्यसमिति सदस्यहरु रत्न रत्न श्रेष्ठ, रुपेश अधिकारी, लाल बहादुर ज्वार्चन, दिनेश व्यञ्जनकार, बिजय घले लगायतका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, एन्फाले यसअघि प्रदेश स्तरीय भेला प्रदेश नम्बर १, लुम्बिनी, कणाली र सुदुरपश्चिम प्रदेशमा पनि सम्पन्न गरिसकेको छ ।
(तस्विरः एन्फा)