Province 3 ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
गोलनेपाल

काठमाडौं । भोटे फुटबल क्लबको आयोजनामा सञ्चालन भएको प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि ठमेल ११ ले जितेको छ। सनिबार सम्पन्न फाइनल खेलमा ठमेल ११ ले झिलिमिली एफसी लाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

खेलको सुरुआतदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। उक्त खेलको निर्धारित अन्तिम समय ३-२ को गोल अन्तरले समाप्त हुँदै झिलिमिली एफसी विरुद्ध ठमेल ११ को सानदार जित सहित प्रतियोगितामा विजेता बनेको हो।

उपाधिसँगै ठमेल ११ ले नगद रु. एक लाख एघार हजार एक सय एघार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको झिलिमिली एफसी ले नगद रु. पचपन्न हजार पाँच सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन्।

विधागत पुरस्कार तर्फ ठमेल ११ बाट उत्कृष्ट गोल रक्षक निमा हेम्लो र सर्वोत्कृष्ट खेलाडी प्रशान्त रजक बन्दै क्रमशः नगद रु. पाँच हजार सहित ट्रफि प्राप्त गरेका छन् ।

Post Comments