Province 3
धादिङमा १३औँ अनकन्या कप फुटबल कार्तिक ६ देखि
धारापानी । लगनशील युवा क्लब, ज्वालामुखी गाउँपालिका–७, धारापानी, धादिङको आयोजनामा १३औँ अनकन्या कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ। ९ ए साइडमा सञ्चालन हुने प्रतियोगिता धारापानी खेल मैदानमा कार्तिक ६ देखि ९ गतेसम्म आयोजना हुनेछ।
क्लबका सचिव सौरब थापाले दिएको जानकारीअनुसार प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनलको दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने आयोजकले जनाएको छ।
Post Comments