Province 3 बिभागीय भिडन्तमा बस्नेतको गोलले जोगियो आर्मी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको पहिलो विभागीय भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

सोमबार दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले । यद्यपि दोस्रो हाफको ५१औं मिनटमा सन्तोष हेमरनले पुलिसका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए ।

तर पुलिसले पनि त्यो अग्रता धेरैबेर कायम राख्न सकेन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बिबेक बस्नेतले ६१औं आर्मीका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।

खेलमा आर्मीका सेसेहाङ आङदेम्बे म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै बराबरी खेलेका आर्मी र पुलिस दुवैे २५–२५ हजार समेत हात पारे ।

Post Comments