South Asia अपराजित किरणको टोली दोस्रो स्थानमा
गोलनेपाल

एजेन्सी । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली मिनर्वा पञ्जाब हाल जारी आइ लिगमा सातौं खेलसम्म अपराजित रहन सफल भएको छ ।

गुरु नानक स्टेडियममा मंगलबार भएको लिगको आफ्नो आठौं खेलमा पञ्जाबले लिगलिडर मोहन बगानसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । उक्त खेलमा शुरुवाती अग्रता बनाएर पनि पञ्जाबले त्यसलाई जोगाउन सकेन ।

 

खेलको २०औं मिनटमा असेर पेरिक डिपान्डाले पञ्जाबका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि दोस्रो हाफको अन्तिमतिर ८८औं मिनटमा शुभ घोषले मोहन बगानका लागि गोल गर्दै टोलीलाई सम्भावित हारबाट टारेका थिए ।

यो नतिजापछि ७ खेलबाट १४ अंक जोडेको मोहन बगान शिर्ष स्थानमा छ । उता एक खेल बढी खेलेको पञ्जाब भने दुई जित, ५ बराबरी र एक हारसँगै ११ अंकका साथ दोस्रो स्थानमा छ ।

Post Comments