News रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश खेलकुद परिषद्को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एक साता लामो चलेको प्रशिक्षण कार्यक्रममामा बागमती प्रदेशका ११ जिल्लाका ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । आइतबार एक कार्यक्रमकाबीच प्रशिक्षणको समापन गरिएको हो ।

समापन कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै सो अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्य लाल भण्डारी लगायत जिल्ला फुटबल संघका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments