News चात्या सा नवौं गोलबजार मेयर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । चात्या सा फुटबल क्लब, दमक, झापा जारी नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चात्या साले लालीगुराँस स्र्पोटिङ क्लब, बिराटनगर, मोरङलाई ५–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

चात्या साको जितमा रिचार्ड विलसनले दुई गोल गर्दा शिशिर लेखी, राजेश दाहाल र बिशाल घलानले समान एक–एक गोल गरे । उता पराजित लालीगुराँसका लागि चिरन मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा चात्या साका बिशाल घलान प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र २६ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल गोलबजार युनाइटेड क्लब, गोलबजार, सिरहा र ब्रदरहुड फुटबल क्लब, बेलका, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।

Post Comments