News
दमक भेट्रान्स सेमिफाइनलमा प्रवेश
मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो जहदा भेट्रान्स कप २०८३ अन्तर्गत आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा दमक भेट्रान्सले हाम्रो धरान भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
जता रंगशालामा सम्पन्न खेलमा दमक भेट्रान्सका लागि जर्सी नम्बर ७ का दिपेन गिरीले दुई गोल गरे भने कप्तान तोलबहादुर मल्लले एक गोल थपे।
त्यसैगरी, हाम्रो धरान भेट्रान्सका लागि जर्सी नम्बर ६ का खगेन्द्र खड्का र जर्सी नम्बर १४ का सागर घिमिरेले समान एक–एक गोल फर्काए। निर्धारित समयमा दमक भेट्रान्सले ३–२ गोल अन्तरको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो।
खेलमा दुई गोल गर्न सफल दमक भेट्रान्सका जर्सी नम्बर ७ का दिपेन गिरी प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिताको फाइनल खेल आगामी ३१ गते हुनेछ।
Post Comments