News कालिका युपिभिसी कप हुँदै
गोलनेपाल

बाग्लुङ । संयुक्त चार युवा क्लब, बाग्लुङको आयोजनामा यहि जेठ १२ गतेदेखि राजेन्द्र स्मृति कालिका युपिभिसी कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

बाग्लु–४, ओडारचौर स्थित ओडारचौर बहुउद्देश्यीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७० हजार प्राप्त गर्नेछ ।

जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा अन्य व्यक्तिगत विधातर्फका पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दियो । साथै समापन कार्यक्रममा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुती हुने पनि आयोजकले जनाएको छ ।

 

Post Comments