
काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको यस सिजन डबल राउण्ड रोबिनका आधारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मंगलबार एन्फा र सम्बन्धित क्लबका प्रतिनिधीहरुसँगको आवश्यक छलफल पश्चात् सो निर्णय भएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार लिग यस वर्षको पौष २६ गतेदेखि शुरु भई आगामी वर्षको जेष्ठ २० गतेसम्म चल्ने जानकारी दिइयो । यो निर्णयसँगै यसवर्षको शिर्ष लिग करिब ५ महिना लामो हुने पनि निश्चित भएको छ । साथै एन्फाको यो निर्णयले लिग खेल्ने खेलाडीहरु पनि वर्षको अधिकांश समय व्यस्त हुने सम्भावना देखिएको छ ।
त्यस्तै बैठकले यसपटक लिग काठमाण्डौंबाहिर पनि आयोजना गर्न आवश्यक पहल र छलफल भईरहेको एन्फाले जानकारी दियो । साथै लिगलाई व्यवस्थित गर्न यहि कार्तिक १४ गते कार्यशाला गोष्ठीको आयोजना समेत गरिने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, उपाध्यक्ष विराट कृष्ण शाही, कार्यसमिति सदस्य रमेश व्यञ्जनकार, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा तथा एन्फा महासचिव किरन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
हेर्नुहोस बैठकले गरेको निर्णयहरुः
- फिफा विश्वकप टिकट वितरणबारे एन्फा सदस्य अधिकारीले मागे जवाफ (पत्रसहित)
- मोफसलका नकआउट फुटबल प्रतियोगिताहरुको मिति तय (पत्रसहित)
- जेठ पहिलो सातादेखि सी डिभिजन लिग हुने पक्का
- यु–१७ महिला फुटबल टोलीका लागि खुला छनौट हुने (पत्रसहित)
- नेपाली महिला फुटबल टोलीले भारतमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने