News चेतनलाई पुलिसको मुख्य प्रशिक्षकको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एएफसी ए लाईसेन्स प्रशिक्षक चेतन घिमिरेले नयाँ सिजनका लागि नेपाल पुलिस क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाउने भएका छन् । क्लबले चेतनलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि अनन्तराज थापाले पुलिस क्लबको जिम्मेवारी सम्हाल्दे आए तापनि उनी हालै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । साथै एएफसी ओलम्पिक छनौटतर्फ पनि अनन्तले नेपाली महिला फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने निश्चित छ ।

अनन्तको अनुपस्थितिमा रिक्त रहेको पुलिस क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी चेतनले पाएका हुन् । लामो समय पुलिस क्लब मै रहेर व्यवसायीक फुटबल समेत खेलेका चेतनले केही महिना अघि महिला फुटबल टोली कै सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने अवसर पनि पाएका थिए ।

Post Comments