News लिगलिडर जावलाखेललाई पाँच अंकको स्पष्ट अग्रता
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको लिगलिडर जावलाखेल युथ क्लबले ११औं चरणको खेल खेल्दा लिगतालिकामा पाँच अंकको स्पष्ट अग्रता बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा जावलाखलले दोस्रो स्थानको निकटतम प्रतिद्वन्द्वी चर्च ब्वाईज युनाइटेडमाथि १–० को जित निकालेपछि पाँच अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । जावलाखेलका लागि ६६औं मिनटमा एन्कोटो मासोबीले गरेको एक मात्र गोल टोलीलाई महत्वपूूर्ण जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ११ खेलबाट २३ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा यथावत छ । पराजित दोस्रो स्थानको टोली चर्च ब्वाईजको १८ अंक छ । तेस्रो स्थानमा १८ अंकका साथ एक खेल कम खेलेको थ्रीस्टार छ ।

त्यस्तै शनिबार नै फ्रेण्डसमाथि २–१ को जित हात पारेको साविक विजेता मच्छिन्द्र १६ अंकका साथ छैठौं स्थानमा छ । पराजित फ्रेण्डस भने ११ अंकका साथ १२औं स्थानमा छ ।

त्यसैगरी शनिबार नै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई समान २–१ ले हराएको खुमलटार १३ अंकका साथ ११औं स्थानमा छ । पराजित मनाङ भने १५ अंकका साथ सातौं स्थानमा झरेको छ ।

Post Comments