News चितलाङ र पंचायन उपाधिका लागि भिड्ने
गोलनेपाल

इटहरी । रोमाञ्चक जितका साथ चितलाङ फुटबल क्लब, काठमाडौं यहाँ जारी तेस्रो मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ चितलाङले आयोजक शान्तिनगर फुटबल क्लब (बी) लाई ३–२ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलमा चितलाङका लागि मिलन राई, जिनलप तामाङ र उमेश कार्कीले गोल गरे । उता शान्तिनगरका लागि दुवै गोल उत्तम राईले गरे । खेलमा शान्तिनगरका रोयल मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

अब उपाधिका लागि चितलाङले साउन ११ गतेका दिन पंचायलन फुटबल क्लब, रामधुनीसँग फाइनल खेल्नेछ । शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments