News हैदराबादसँग प्रतिष्ठाका लागि भिड्दै आर्मी
गोलनेपाल

काठमाडौं । दुई खेल खेलेरै समूह चरणबाट बाहिरिसकेको त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिष्ठित १३२औं डुरान्ड कपतर्फ समूह चरणको अन्तिम खेलमा आज इण्डियन सुपर लिग क्लब हैदराबाद सिटी फुटबल क्लबसँग खेल्दैछ ।

गुवाहाटीमा हुने उक्त खेल नेपाली समयअनुसार ३ः१५ बजेदेखि शुरु हुँदैछ । पहिलो खेलमा दिल्लीसँग १–१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा बलियो चेन्नईनसँग ३–० ले पराजित भएको थियो । प्रतियोगितामा मंगलबार आर्मी प्रतिष्ठाका लागि हैदारबाटसँग भिड्दैछ । र प्रतियोगिता सुखद रुपमा समापन गर्न चाहन्छ ।

हैदराबादले पनि पहिलो खेलमा दिल्लीसँग १–१ को बराबरी खेलेको थियो भने चेन्नईनसँग ३–१ ले पराजित भएको थियो । हैदराबाद पनि आज प्रतिष्ठा कै लागि आर्मीसँग भिड्दैछ र टोलीको योजना पनि प्रतियोगितामा सुखद समापन गर्ने रहेको छ ।

Post Comments