News जितविहीन आर्मी डुरान्ड कपबाट आ'उट'
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३२औं डुरान्ड कप खेलेको त्रिभुवन आर्मी फुटबल क्लबले समुह चरणको एउटै खेल नजिति समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह ई तर्फको आफ्नो अन्तिम खेलमा आर्मीले इण्डियन सुपर लिग क्लब हैदराबाद सिटीसँग ३–० ले पराजित हुन पुग्यो ।

प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो हार थियो । त्यसअघि आर्मीले गत साता अर्को इण्डियन सुपर लिग क्लब चेन्नईनसँग समान ३–० ले पराजित भएको थियो । त्यसअघि आर्मीले पहिलो खेलमा दिल्ली एफसीसँग मात्र १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

समूह ई मा चेन्नईन शतप्रतिशत जितका साथ ९ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो । ४ अंक जोडेको हैदराबाद दोस्रो स्थानमा रहँदा २ अंकका साथ दिल्ली तेस्रो तथा १ अंक जोडेको आर्मी पुछारमा रह्यो ।

Post Comments