News माल्टामा प्रथम खुकुरी कप हुने
गोलनेपाल

काठमाडौं । वडा दशैंको अवसर पारी खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा आउँदो अक्टुबर २१ र २२ तारीखका दिन प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि अक्टुबर २१ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५१ युरो तोकिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २५०० युरो हात पार्नेछ भने उपविजेताले १५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक दर्शन लिम्बुले बताए ।

Post Comments