News डिफेन्डिङ च्याम्पियन भारतको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । भुटानमा शनिबारदेखि शुरु साफ यु–१६ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी शुरुवात गरेको छ । चाङलिमिथाङ स्टेडियममा भएको समूह ए तर्फको उद्घाटन खेलमा भारतले बंगलादेशलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

खेलको ७४औं मिनटमा थुनगम्बा सिंहले गरेको एक मात्र गोल भारतलाई जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । भारते आफ्नो आगामी खेल आउँदो बुधबार नेपालसँग खेल्नेछ ।

त्यस्तै बंगलादेशले भने आउँदो सोमबार निर्णायक मानिएको खेलमा नेपाल कै सामना गर्नेछ । समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समुह बी तर्फ आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

Post Comments