News बंगलादेश र भारत फाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं । भुटानमा जारी साफ यु–१६ च्याम्पियनसिपतर्फ एउटै समूहमा भिडिसकेका बंगलादेश र साविक विजेता भारत यस संस्करणको फाइनलमा भिड्ने तय भएको छ ।

प्रतियोगिताको समूह ए मा नेपालसँगै एउटै समूहमा परेका भारत र बंगलादेश समूह चरणमा भिड्दा भारतले १–० को जित निकालेको थियो । यी दुई टोली आइतबार हुने फाइनलमा फेरि उपाधिका लागि भिड्ने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई २–१ ले हराएपछि भारतसँगको फाइनल भेट पक्का गरेको हो । स्मरण रहोस, भारतले शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ८–० को फराकिलो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो ।

Post Comments