News दोस्रो नेपाल सुपर लिगको ड्राफ्टमा १९५ खेलाडी (सूचीसहित)
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले कुल १ सय ९५ खेलाडीहरुलाई ड्राफ्टमा पारेको छ ।

आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्य र प्राविधिक सहयोगमा १ सय ९५ खेलाडीहरुलाई ड्राफ्टमा पारेको हो । खेलाडीहरुको पूनःलिलामी भने यही असोज १९ गतेका दिन हुँदैछ ।

ड्राफ्टमा परेका खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ । ए श्रेणीमा अधिकांश राष्ट्रिय टोलीमा परेका, उमेर समूह र ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छन् ।

हाल विदेशमा व्यवसायीक फुटबल खेलिरहेका किरन चेम्जोङ, मनिष डाँगी र रोहित चन्द पनि ए श्रेणी मै परेका छन् । ए श्रेणीमा कुल ४१ खेलाडीहरु परेका छन् भने बी श्रेणीमा ७९ खेलाडीहरु परेका छन् । त्यस्तै सी श्रेणीमा कुल ७५ खेलाडीहरु ड्राफ्टमा परेको आयोजकले जनाएको छ ।

स्मरण रहोस, यसवर्षको नेपाल सुपर लिग आगामी मंसिर ८ गतेदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नव आगन्तुक टोली स्र्पोटिङ इलाम भिड्दै छन् । लिगमा यसपटक बिराटनगर सिटीले सहभागिता नजनाउने भएपछि कुल ९ टोलीहरु सहभागि छन् । फाइनल खेल भने पुष १४ गते हुने खेलतालिकामा उल्लेख छ ।

ए श्रेणीमा परेका खेलाडीहरु

बी श्रेणीमा परेका खेलाडीहरु

सी श्रेणीमा परेका खेलाडीहरु

 

Post Comments