News एपिएफ बर्दिबास सेमिफाइनलमा
गोलनेपाल

कर्जन्हा । सशस्त्र प्रहरीको एपिएफ, बर्दिबास यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको खेलमा एपिएफले बन्दीपुर फुटबल क्लब, सिरहालाई टाईब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा एपिएफका गोलरक्षक मनोज खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत मंसिर ११ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल सरस्वती युथ क्लब, काठमाडौं र डाँगीहाट फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments