News पोर्चुगलः प्रथम क्रिसमस कप हुँदै
गोलनेपाल

काठमाडौं । मनमैजू फुटबल क्लब, सिस्बोन, पोर्चुगलको आयोजनामा यही आउँदो डिसेम्बर २६ तारीखका दिन क्रिसमसको अवसर पारी पोर्चुगलमा रहेका नेपालीहरुबीच प्रथम क्रिसमस कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

भिटोरिया क्लब डि लिस्बोआमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही डिसेम्बर १० तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५० युरो तोकिएको छ ।

मेची–महाकाली फुटबल क्लबसँगको सहकार्यमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५०० युरो हात पार्नेछ भने उपविजेताले १२०० युरो प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments