News दिपा र प्रितीले आई लिग खेल्ने पक्का
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई स्टार मिडफिल्डरद्वय दिपा शाही र प्रिती राईले भारतको चर्चित शिर्ष डिभिजनको महिला आई लिग खेल्ने तय भएको छ ।

दिपा र प्रिती दुवैले आई लिगको नयाँ सिजन किकस्टार्ट फुटबल क्लबका लागि खेल्ने छन् । स्मरण रहोस, गत सिजन नेपालकै दुई अन्य खेलाडी सरु लिम्बु र रेनुका नगरकोटीले पनि किकस्टार्टमा लिग खेलेका थिए ।

योसँगै आई लिगमा दिपा र प्रिती दुवैको यस सिजन डेब्यु हुने पनि निश्चित भएको छ । नेपालको घरेलु फुटबलमा भने दिपाले आर्मीका लागि र प्रितीले एपिएफका लागि व्यवसायीक फुटबल खेल्दै आईरहेका छन् ।

यही डिसेम्बर ८ तारीखदेखि शुरु हुन गईरहेको आई लिगका लागि भनेर अन्जिला तुम्बापो सुब्बा र गीता राना पनि भारत पुगिसकेका छन् । अन्जिला र गीताले भने सेथु फुटबल क्लबका लागि खेल्ने छन् ।

Post Comments