News नवौं सिजी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

बिरगंज ।। नवौं सिजी कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा डिल्ली पब्लिक स्कुल बिरगंज बारा बिजयी भएकाे छ । डिल्ली पब्लिक स्कुल बिरगंज बाराको मैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा डिल्ली पब्लिकले डिएभी स्कुल बिरगंज पर्सालाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

डिल्ली पब्लिकको जितमा प्रनिष श्रेष्ठ एक्लैले ह्याट्रिकसहित चार गोल गरे । चार गोल गरेका प्रनिष श्रेष्ठ नै खेलको ुप्लेयर अफ द म्याचु घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन बुधबार नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल डायमण्ड कार्कीले गरेका थिए । पौष १३ गतेसम्म संचालन हुने प्रतियोगितामा पर्साका ९, बाराका ५, मकवानपुर र चितवनका १-१ गरि कुल १६ वटा बिद्यालयले प्रतिस्पर्धा गरेका छन् । 

चौधरी ग्रुपको सिजी एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिताको बिजेता बिद्यालयले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ७ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

 

Post Comments