News गोलबजारमा हुने प्रथम वडा अध्यक्ष कपको तयारी पूरा
गोलनेपाल

गोलबजार । यहाँ शुरु हुन गईरहेको ‘प्रथम वडा अध्यक्ष कप’ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। आफ्नै वडा कार्यालय गोलबजार २ गुरुधाममा वडा अध्यक्ष सुकदेव सिंहले बुधबार पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ यहि फागुन १८ देखि ३० गतेसम्म हुनलागेको प्रतियोगितामा पालिकाका १३ वटै वडाका टिमहरु व्सहभागी हुने पत्रकार सम्मेलनमा सिंहले बताए।

उनले स्थानीय युवाहरुमा देखिएको खेलप्रतिको चाहानालाई आत्मसाथ गर्दै वडाले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष सिंहले बताए। उनलेभने, ‘यहाँका युवाहरुमा खेलप्रतिको चाहाना देखिएपछि आफ्नो वडास्तीय बजेटबाट प्रतियोगिताको आयोजना हुँदैछ।’

खेलको माध्यमबाट व्यक्तिगत र राष्ट्रको पनि पहिचान उच्च बनाउन सक्ने भएकाले र युवाहरुलाई कुलतबाट बचउन सकिने अध्यक्ष सिंहको कथन रहेको छ।

प्रतियोगिताको पहिलो दिन १८ गते वडा नम्वर ७ र १२ विच उद्घाटन खेल हुने आयोजकले जनाएको छ। त्यसैगरी १९ गते वडा नम्वर २ र ५, २० गते वडा नम्वर ३ र १, २१ ग्ते ४ र ११, २२ गते ६ र ९, २३ गते १० र १३ र २४ गते ६ र ९ म्वर वडाविच भएको खेलबा विजयी टिमसँग वडानम्वर ८ विच खेल हुने छ।

वडा कार्यालयको आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित कप प्राप्त गर्ने छ। प्रतियोगितामा प्रत्यक म्याचमा एक जना म्यान अफ द म्याच घोषणा गरिने आयोजकले जनाएको छ।

Post Comments