News सहज जितका साथ तिलोत्तमा–११ सेमिफाइनलमा
सुरज राना मगर

करौजियो । सहज जित निकाल्दै तिलोत्तमा–११, तिलोत्तमा यहाँ जारी स्व. खगी गुरुङ्गसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ तिलोत्तमाले शुद्धोधन गाउँपालिका, शुद्धोधनलाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा तिलोत्तमाका लागि एलिस बोहराले दुई गोल गरे भने अमित क्षेत्री र कप्तान जमिर मियाँले थप एक–एक गोल गरे । त्यस्तै शुद्धोधनका अभिषेक शर्माले एक गोल आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा तिलोत्तमाका लागि दुई गोल गरेका एलिस बोहरा खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १९ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुन्जलापुर र नव टिकुलीगढ युवा क्लब, टिकुलीगढ बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

 

Post Comments